भारत। उत्तराखण्डका विभिन्न जिल्लामा भइरहेको अविरल वर्षाका कारण केदारनाथ यात्रा रोक लगाएको छ ।
रुद्रप्रयागमा लगातार परेको वर्षा र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको चेतावनीपछि जिल्ला प्रशासनले सेप्टेम्बर १ देखि ३ सम्मका लागि यात्रा अस्थायी रोक लगाएको छ।
जिल्ला मजिस्ट्रेट प्रतीक जैनले यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै यस्तो निर्णय गरिएको बताए। साथै, उनले सम्बन्धित सबै निकायलाई सतर्क रहनुका साथै आवश्यक तयारी मिलाउन निर्देशन दिएका छन्।
प्रशासनले तीर्थयात्रीहरूलाई हालका लागि आफ्नो यात्रा रोकेर सुरक्षित स्थानमै बस्न आग्रह गरेको छ।