काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

१७ भाद्र २०८२
अ+
अ-

काठमाडौं। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन चीन पुगेका छन्। चीनले आयोजना गर्न लागेको सैन्य परेडमा सहभागी हुन किम विशेष रेल चढेर मङ्गलबार बिहान चीन पुगेका हुन्।

यस कार्यक्रममा सहभागी हुन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसमेत बेइजिङमा छन्।

बुधबार हुने सैन्य परेड दोस्रो विश्वयुद्धको अन्त्य भएको ८० वर्षको स्मरणमा आयोजना गरिएको हो। यसमा करिब दुई दर्जन विश्व नेताहरू सहभागी हुनेछन्।