काठमाडौं। आज २०८२ साल भदौ १७ गते मंगलबार। भाद्र शुक्ल पक्षको दशमी। तदनुसार सन् २०२५ सेप्टेम्बर २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। सुरु गरौँ आजको राशिफलबाट:
मेष: आज समय शुभ छ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ। व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ। जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ। समय शुभ छ उपयोग गर्नुहोला।
बृष: ताकेका काममा बाधा हुनेछ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन। शरीरमा स्फूर्ति र उमङ्ग कमी हुनेछ। सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ। टाढाको यात्रा फलदायी हुँदैन। सामान हराउने वा चोरी हुने सम्भावना छ। नियमित खर्चसमेत बढ्ने योग छ।
मिथुन: मनमा उत्साह र उमङ्गको कमी देखिने छ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। सचेत रहनुहोला। अरुको हीतका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन। राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ। माता पिता र अभिभावक वर्गसँग सामीप्यता राख्न सके राम्रो हुनेछ।
कर्कट: समय शुभ छ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइनेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। विगतको श्रमबाट राम्रै लाभ हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।
सिंह: सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नुपर्नेछ। सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ। गर्नैपर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ। कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ।
कन्या: समय राम्रो रहनेछ। दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ। रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ। धार्मिक, सामाजिक वा मांगलिक कर्ममा सहभागी भइनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग पनि छ।
तुला: धार्मिक र सामाजिक कार्यमा नेतृत्व लिएर काम गरेको राम्रो हुन्छ। पराक्रम र उत्साहमा कमी आउने छ। साथीभाइ, इष्टमित्र वा घरपरिवार भित्रै झैझगडा र विवादको वातावरण सिर्जना हुनेछ। कृषिकर्म र बन्दव्यापारबाट आम्दानी पनि कम हुनेछ।
वृश्चिक: आज समय राम्रो छ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ। पढाइमा प्रगति हुनेछ। पेसामा परिवर्तनको धारणा पलाउन सक्छ। नयाँ काममा हात हाल्ने समय छ। गरेका कामबाट राम्रै लाभ हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ।
धनु: समय मध्यम खालको रहनेछ। तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ। कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ। स्वास्थ्य सबल रहनेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ।
मकर: स्वास्थ्यमा समस्या आउन सक्छ। यात्रामा पनि झण्झट आइलाग्नेछ। अरुले दिएका खानेकुरा नखानुहोला। बोल्दा निकै विचार पुर्याउनुहोला। साथीसंगको भेटघाट रमाइलो हुनेछ तर झगडा पनि हुन सक्छ। सतर्क हुनुहोला।
कुम्भ: मानसिक तनावबाट मुक्त हुन कठिन छ। गरेको काम बिग्रने संभावना बलियो छ। जताबाट पनि खर्चमात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्छ। इष्टमित्रबाट तिरस्कृत। अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ। पाहुनाको रुपमा आज कसैकहाँ जानु ठीक छैन।
मीन: समय र स्वास्थ्य राम्रो रहनेछ। पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ। धार्मिक यात्रा फलदायी, पारिवारिक सहयोग प्राप्त हुनेछ। व्यवसायिक क्षेत्र लाभप्रद रहने छ। आर्थिक पक्ष सुदृढ बन्नेछ।