१८ भाद्र २०८२
अ+
अ-

इस्लामावाद। पाकिस्तानको क्वेटामा बलुचिस्तान नेसनल पार्टी (बीएनपी)को र्‍यालीपछि भएको विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको र ३१ जना घाइते भएका छन्।

जमान बलुचका अनुसार, कार्यक्रममा सहभागी भएर साथीको प्रतिक्षा गरिरहेको बेला अचानक विस्फोट भयो, जसले गर्दा धेरै व्यक्ति भुइँमा लडेका थिए र चारैतिर त्रास फैलिएको थियो।

बीएनपीका सूचना सचिव आगा बलुचले भने, विस्फोट नवाब नियाज जेहरीको गाडी नजिकै भएको हो र उनका केही सुरक्षाकर्मी पनि मारिएका छन्।

राज्य सरकारले यस घटनाको अनुसन्धानको आदेश दिएको छ । बलुचिस्तानका मुख्यमन्त्री मीर सरफराज बुगटीले घटनाको निन्दा गरेका छन् । विस्फोट मानवताका शत्रुहरूको कायरतापूर्ण कार्य भएको उनको भनाइ थियो । ‘आतंककारीहरूको अपवित्र योजनालाई हरेक हालतमा विफल पारिएको छ’ उनले भने ।