काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१८ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। विश्वको सर्वोच्च शिखर सगरमाथालाई सफा राख्न पछिल्लो समय ड्रोन प्रविधिको प्रयोग गरिएको छ।

बढ्दो पर्यटक र आरोहीहरूको चापका कारण थुप्रिएको फोहरले वातावरणमा गम्भीर चुनौती थपेपछि बिवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमक्स इंक र ड्रोन कम्पनी एयरलिफ्ट टेक्नोलोजीले मिलेर यो अभियान सुरु गरेका हुन्।

यस अभियानअन्तर्गत एक हजार केजी फोहर सङ्कलन गर्ने लक्ष्य राखिएको छ। एयरलिफ्ट टेक्नोलोजीका निर्देशक मिलन पाण्डेका अनुसार ड्रोनले ६ हजार १ सय ३० मिटरको उचाइबाट फोहर आधारशिविरसम्म ल्याउन सहयोग गरिरहेको छ। यसले फोहर ढुवानीमा लाग्ने समय र जोखिम दुवैलाई घटाएको छ।

साइमक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले ‘कूल द अर्थ वाइ वान डिग्री’ नामक आफ्नो विश्वव्यापी अभियानअन्तर्गत सामाजिक उत्तरदायित्व पूरा गर्न यो काम गरिएको बताए।

नेपाल पर्वतारोहण सङ्घका प्रथम उपाध्यक्ष मिङमा डेभिड शेर्पाले आरोहीहरूले हिमालमा फोहर छाड्ने समस्याले गर्दा यस्ता प्रविधिको प्रयोग आवश्यक रहेको बताए।