काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१८ भाद्र २०८२
अ+
अ-

बेइजिङ। प्रधानमन्त्री केपी शर्मा ओली आज चीनमा आयोजना हुने भव्य सैन्य परेडमा सहभागी हुँदैछन्। यो परेड जापानी उपनिवेशमाथि चीनको विजयको ८० औँ वार्षिकोत्सवमा आयोजित गरिएको हो।

परेडमा प्रधानमन्त्री ओलीसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन पनि सहभागी हुनेछन्। उल्लेखनीय कुरा, किम जोङ उन सन् १९५९ पछि पहिलो पटक चिनियाँ सैन्य परेडमा उपस्थित हुँदैछन्।

कतिपय अन्तर्राष्ट्रिय विश्लेषकहरूले ओलीको सहभागितालाई लिएर चिन्ता व्यक्त गरेका छन्, जसले जापानलाई असन्तुष्ट बनाउन सक्ने बताइएको छ।

कार्यक्रमपछि ओली नेतृत्वको २३ सदस्यीय नेपाली प्रतिनिधि मण्डल आजै स्वदेश फर्किनेछ। उनी चीनको निमन्त्रणामा एससीओ शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते त्यहाँ पुगेका थिए।