काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१८ भाद्र २०८२
अ+
अ-

काठमाडौं। आज २०८२ साल भदौ १८ गते बुधबार। भाद्र शुक्ल पक्षको एकादशी। तदनुसार सन् २०२५ सेप्टेम्बर ३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। सुरु गरौँ आजको राशिफलबाट:   

मेष: नियमित आय बढ्नेछ। स्रोत साधन प्रयोग गर्दा सावधानी आवश्यक छ।गलत आश्वासनले समस्या निम्त्याउन सक्छ।सवारी चलाउँदा र टेक्निल काम गर्दा सतर्क रहनुहोस्।

वृष: प्रेम सम्बन्धमा नकारात्मक टीका-टिप्पणीले अविश्वास बढ्न सक्छ। घरजग्गा र यात्रामा घाटाको सम्भावना छ। प्रतिस्पर्धी हावी हुनेछन्, काम समयमा सक्न गाह्रो हुनेछ। अध्ययन कमजोर हुने र अरुले फाइदा उठाउन सक्छन्।

मिथुन: अध्ययनमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ। सवारी र सम्पत्ति प्राप्तिको योग पनि छ।समय शुभ छ। नयाँ प्रविधिबाट ज्ञान बढ्नेछ र मनोबल उच्च रहनेछ। आत्मविश्वास उच्च रहनेछ।

कर्कट: व्यवसायमा आम्दानी बढ्ने र लगानीको वातावरण बन्नेछ। प्रेम सम्बन्ध बलियो हुनेछ। आत्मीयसँग रमाइलो समय बित्नेछ। पढाइमा राम्रो नतिजा मिल्नेछ। मन खुशी हुनेछ। तर, स्वास्थ्यमा ध्यान दिनुहोस्।

सिंह: अध्ययन र प्रतिस्पर्धामा अग्रस्थानमा पुगिनेछ। आत्मविश्वास उच्च रहनेछ। सबै हिसाबले शुभ समय छ, बौद्धिक कार्यमा सफलता मिल्नेछ। चेतनामूलक कार्यमा सहभागी भइ सम्मान बढ्नेछ।

कन्या: घरभित्रका मान्छेबाट नकारात्मक प्रचार हुन सक्छ। पढाइमा समय दिए पनि नतिजा कमजोर आउन सक्छ। काममा सहकर्मीको असहयोगले समस्या आउन सक्छ। व्यापारमा पर्खनुपर्ने परिस्थिति देखिन्छ।

तुला: व्यापारिक यात्रा रमाइलो हुनेछ। नाफा पनि मिल्नेछ। प्रेम र पारिवारिक सम्बन्धमा सुधार देखिन्छ।काम समयमा सकिने र आम्दानी बढ्ने योग छ। पढाइमा सन्तोषजनक नतिजा पाउनेछ।

वृश्चिक: समय मध्यम छ, सवारी र सम्पत्तिको प्रयोगमा सावधानी अपनाउनुहोस्। घरायसी विवाद र चिसो सम्बन्धकोसम्भावना छ। आश्वासन नदिनु राम्रो हुन्छ। काम बिग्रिएपछि त्यसको असर दीर्घकालीन हुन सक्छ।

धनु: समय कमजोर छ। पढाइमा आफैंका कारण पछि पर्न सकिन्छ। सत्रुहरू सक्रिय हुनेछन्। न्यायिक वा कानुनी काममा ध्यान दिनुहोस्। प्रेम र पारिवारिक सम्बन्धमा खटपट देखिन्छ।

मकर: सल्लाह अनुसार चल्दा केही लाभ मिल्नेछ। समयको सही उपयोग नगर्दा प्रतिष्ठामा असर पर्न सक्छ। वैदेशिक यात्रा र व्यापारको संभावना राम्रो छ। पढाइमा सफल हुन संघर्ष गर्नुपर्नेछ।

कुम्भ: समय राम्रो छ। कामबाट सिधा लाभ मिल्नेछ। जागिरमा सरुवा वा पदोन्नतिको सम्भावना छ। राजनीति र समाजसेवामा सम्मान पाउने संकेत छ। प्रेम र वैदेशिक काममा सफलता मिल्नेछ।

मीन: भौतिक सम्पत्ति र विलासी वस्तु प्रयोगले आकर्षण बढ्नेछ। धन प्राप्ति र आर्थिक कारोबार सफल हुनेछन्। पढाइमा सफलता मिल्नेछ र लक्ष्य प्रष्ट देखिनेछ। तर यात्रा खास गरी उत्तर दिशाको टार्नु राम्रो हुन्छ।