बेइजिङ। चीनको राजधानी बेइजिङमा आज विजय दिवस परेड आयोजना गरिएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन गर्दै चीनलाई कुनै दबाब वा धम्कीले नतर्साउने बताएका छन्।
परेडमा राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उन र अन्य २६ राष्ट्रका प्रमुख तथा सरकार प्रमुख सहभागी भएका थिए।
विशेष कुरा, सी, पुटिन र किम सार्वजनिक रूपमा पहिलो पटक एकै ठाउँमा देखिएका हुन्।