काठमाडौं। काठमाडौं उपत्यका प्रहरीले राजधानीवासीका लागि सूचना जारी गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ‘ध्वनि, धुँवा र फोहरमुक्त छिमेकी अभियान’ अन्तर्गत यस्तो सूचना सार्वजनिक गरेको हो।
सूचनामा अबेरसम्म ठूलो स्वरले गफगाफ नगर्न, राति गेट ढक्ढकाउने र बेल बजाउने काम नगर्न, अबेरसम्म गीत बजाएर नाचगान नगर्न, भान्सामा भाँडाकुँडाको ठूलो आवाज ननिकाल्न, व्यायामका समयमा अनावश्यक रूपमा खोक्ने वा खकार्ने काम नगर्न अनुरोध गरिएको छ।
त्यस्तै, मोटरसाइकल तथा अन्य सवारी चालकलाई बिहान सबेरै ठूलो आवाजसहित इन्जिन स्टार्ट नगर्न र सवारीसाधनले ठूलो आवाज गर्ने खालको भए आवासीय क्षेत्रभन्दा टाढा गएर मात्र स्टार्ट गर्न अनुरोध गरिएको छ।
