काठमाडौं। आज २०८२ साल भदौ १९ गते बिहीबार। भाद्र शुक्ल पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्।
मेष राशिः परिश्रमको कम लाभ प्राप्त हुनेछ। आफन्तहरुसँग रमणीय भेटघाट हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ।। समाजिक पद र सम्मान मिल्ने छ।
वृष राशिः विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। सामान्य शिर रोग देखा पर्न सक्ने छ। नयाँ काममा मतान्तर हुन सक्ने हुँदा, टाढै रहनु उत्तम होला। साथीहरुबाट सहयोग मिल्ने समय देखिन्छ।
मिथुन राशिः दाम्पत्य जीवनमा वैचारिक एकतामा बाधा हुने समय छ। वैदेशिक इष्टमित्रबाट सहयोग ढिला मिल्ने छ। जागिर प्राप्त हुनेछ। भाइहरुबीच कार्य गर्दा शुभ छ। रोजगारीबाट कम फल मिल्ने देखिन्छ।
कर्कट राशिः व्यापार व्यवसायमा फल प्राप्तिको समय छ। कठिन पराक्रमबाट कार्यसिद्धि हुने र राम्रो फल प्राप्त हुनेछ। सम्मान प्राप्त हुने दिन छ। अध्ययनको क्षेत्रमा दिन शुभ रहेको छ।
सिंह राशिः वैदेशिक यात्राको योग देखिन्छ। भूमि लाभको योग छ। माया प्रेमभावले पारिवारिक सदस्यबीच शुभ सम्वन्ध रहने छ। आर्थिक लाभ हुने दिन रहेको छ प्रगतिले परिवारमा समृद्धि ल्याउने छ।
कन्या राशिः वाणी प्रभाव वढ्ने छ। दिमागी कार्यमा वृद्धि र सफल हुने देखिन्छ। स्वास्थ्यमा सामान्य बाधा देखिन्छ। सन्चित धन खर्च हुने समय छ। अध्यापनमा सफलता मिल्ने योग छ।
तुला राशिः ठूला र नवीन कार्यमा हात नहाल्नु राम्रो हुन्छ। विद्यार्थीका लागि पढाई राम्रो छ। आँखामा समस्या देखिन सक्छ। व्यवसायमा सामान्य लाभ देखिन्छ।
वृश्चिक राशिः धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। मित्रसँग वैचारिक एकताको समय रहेको छ। स्वदेश, विदेश यात्राको योग रहेको छ। विद्यार्थीका लागि पढाइ, लेखाइ रुचि बढ्ने योग छ।
धनु राशिः प्रेम आकर्षणमा सफलता मिल्ने छ। राजनीतिक क्षेत्रमा दिन शुभ छ। वाणी प्रभाव वढ्ने छ। विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ।
मकर राशिः दाम्पत्य बिचार राम्रो रहने छ। पारिवारिक सदस्यबीच सुमधुर सम्वन्ध रहने छ। पुराना व्यक्तिहरुबाट लाभ मिल्नेछ। मित्रको सहयोगबाट सुरु गरिएको कार्यमा सफलता मिल्नेछ।
कुम्भ राशिः कार्यमा योग्यता अनुसारको सुविधा मिल्ने छ। भ्रमण गर्नु शुभ छ। स्वास्थ्यमा सामान्य राम्रो छ। वैदेशिक रोजगारमा राम्रो फल मिल्नेछ। व्यवसायमा फल प्राप्तिको समय राम्रो छ।
मीन राशिः आफन्तबाट आफ्नो, दिएको धन आउने छ। आफन्तसँग शुभ भेटघाट हुनेछ। राजनीतिक सम्मान प्राप्त हुने दिन छ। व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।