काठमाडौँ
००:००:००
१ माघ २०८२, बिहीबार

२० भाद्र २०८२
अ+
अ-

काठमाडौं। फ्रान्स, जर्मनी र बिट्रेन सहित युरोपका २६ देशहरुले रुस–युक्रेनयुद्धपछि युक्रेनको सुरक्षा गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन्।

कस्तो प्रकारको सुरक्षा प्रबन्ध गर्ने भन्नेबारे आगामी दिनमा अमेरिकी भूमिकाको निर्णय हुने फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले बताए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धपश्चात् सुरक्षामा सहभागी हुन इच्छुक २६ मुलुकको प्रतिबद्धतालाई “विजय” को रुपमा अथ्र्याएका छन्।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले पेरिसमा भएको बैठकपछि २६ मुलुक युक्रेनलाई सैनिक वा हवाई–समुद्री सहयोगमार्फत समर्थन गर्न तयार रहेको समेत बताए। उनले यूरोपेली सैनिकलाई स्थलको अग्रपंक्तिमा नभई अन्य परिभाषित क्षेत्रमा मात्र परिचालन गरिने स्पष्ट पारे।

ब्रिटेनका प्रधानमन्त्री केयर स्टार्मरले केही साझेदार मुलुकहरूले लामो दूरीका मिसाइल उपलब्ध गराउने घोषणा गरेकोमा स्वागत व्यक्त गरे। बैठकमा रुसविरुद्ध थप प्रतिबन्धको विषयमा पनि छलफल भएको थियो।