काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२० भाद्र २०८२
फाइल तस्वीर
अ+
अ-

काठमाडौं। भारतका प्रधानन्यायाधीश भूषण गवईले दुई देशबीच न्यायिक अभ्यास र अनुभव साटासाट हुँदै आएको बताउँदै आगामी दिनमा संवाद र सहकार्य अझै गहिरो बनाउने प्रतिबद्धता जनाएका छन्।

नेपाल–इन्डिया जुडिसियल डाइलगमा सहभागी हुन नेपाल आएका गवईले नेपाल र भारतले न्याय प्रणालीमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

उनले न्यायालयलाई केवल कानुनको व्याख्याता मात्र नभई लोकतन्त्र र संविधानको रक्षकका रूपमा चित्रित गर्दै, नेपालले गरेका केही महत्वपूर्ण फैसलाहरूलाई आफूले सन्दर्भको रूपमा लिने गरेको उल्लेख गरे।