काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२० भाद्र २०८२
अ+
अ-

काठमाडौं। शुक्रबार ट्वीटर (एक्स) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आफ्नो दर्ताका लागि आवश्यक पर्ने कागजातहरूको विवरण मागेको छ।

सामाजिक सञ्जालहरूको सूचीकरण नभएका प्लेटफर्महरूलाई बन्द गर्ने सरकारले निर्णय कार्यान्वयन गर्न थालेपछि एक्सले सरकारले तोकेको प्रक्रिया पूरा गर्न कदम चाल्न थालेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार, ट्विटरको सिंगापुरस्थित कार्यालयबाट सूचीकरण प्रक्रिया सम्बन्धी जानकारी मागिएको एक औपचारिक इमेल मन्त्रालयमा प्राप्त भएको छ। उक्त इमेल पाएपछि मन्त्रालयले ट्विटरलाई आवश्यक जानकारी उपलब्ध गराएको बताइएको छ।

ट्विटरले पठाएका कागजात र विवरणसहित दर्ता निवेदन गरेपछि सामाजिक सञ्जालहरूको निष्क्रिय सूचीबाट हट्ने उनले बताए ।