काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२१ भाद्र २०८२
फाइल फोटो
अ+
अ-

पोखरा। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  अहिलेको सरकार ‘दलाल र बिचौलियाको धाक र धम्की’बाट बनेको दाबी गरेका छन्।

नेपाल उद्योग व्यापार महासंघले पोखराको लेकसाइडमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बिचौलियाको धाक र धम्कीका कारण कांग्रेस–एमाले गठबन्धन सरकार बनेको दाबी गरे।

‘कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो,’ अध्यक्ष प्रचण्डले भने, ‘हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो। कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन।’

अध्यक्ष प्रचण्डले अहिले दलाल पुँजीवादको प्रतिनिधित्व कांग्रेस र एमालेले गरिरहेको आरोप लगाउँदै माओवादी केन्द्र त्यसको वैकल्पिक शक्ति भएको बताए। उनले भने, ‘हामी मध्यम वर्गकै प्रतिनिधि हौं। ऋण मिनाह, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो।’

सहकारी क्षेत्रमा ठगी गर्नेहरुलाई कारबाही गर्न शक्तिशाली प्राधिकरण बनाउन खोज्दा सरकार ढालिएको उनको भनाइ थियो।