काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२२ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। राजधानी काठमाडौँको माइतीघर मण्डलामा भोलि हुने जेन–जी आन्दोलनको पूर्वसन्ध्यामा आईतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा साँझ दुई घण्टा चलेको बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका रथी प्रदीप जङ्ग केसी, काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालसहित सुरक्षा निकायका अन्य उच्च अधिकारीहरूको उपस्थिती थियो।

गृह मन्त्रालयका स्रोतका अनुसार बैठकमा सोमबारको आन्दोलन लक्षित गरी सुरक्षा तयारी, कानूनको शासनको प्रभावकारी कार्यान्वयन, शान्तिपूर्ण प्रदर्शनमा सहजीकरण गर्ने तर तोडफोड र अराजक गतिविधि हुन नदिनेसम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो।

सामाजिक सञ्जालमाथि हालै लगाइएको प्रतिबन्ध र राजनीतिक नेतृत्व तथा भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताद्वारा आयोजना गर्न लागेको प्रदर्शनलाई लिएर सुरक्षा निकाय उच्च सतर्कतामा रहेको छ।