काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२२ भाद्र २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौं। सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार, बेरोजगारी र नागरिक अधिकार हननविरुद्ध भदौ २३ गते माइतीघर मण्डलमा आयोजना हुन लागेको जेनजी (Gen Z) पुस्ताको प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले खुलेर समर्थन जनाएका छन्।

उमेरको हदबन्दीका कारण आफू उक्त र्यालीमा सहभागी हुन नसकिने तर उनीहरूको कुरा बुझ्न आवश्यक रहेको बालेनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

“भोलिको र्याली स्पष्ट रूपमा स्वस्फूर्तरूपमा जेन जी को हो। उहाँहरू २८ वर्षमुनिका हुनुहुन्छ, जसका लागि म अझै बुढो देखिन्छु,” बालेनले भनेका छन्। “मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य र सोच बुझ्न मन छ।”

उनले र्यालीमा कुनै पनि राजनीतिक दल, नेता, कार्यकर्ता वा सांसदले आफ्नो स्वार्थ पूरा गर्न प्रयोग नगर्न चेतावनी दिए। “यो स्वतःस्फूर्त र्यालीमा कसैले आफ्नो स्वार्थका लागि सहभागी नबन्नु होला,” उनले जोड दिए।

बालेनले जेनजी पुस्तालाई सम्बोधन गर्दै प्रश्नसमेत गरेका छन्, “प्रिय Gen Z, भन्नुस्, तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ?”