काठमाडौं। जेन जीको प्रदर्शन नियन्त्रणका लागि काठमाडौं जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि सडकमा नेपाली सेनाको उपस्थिति देखिएको छ ।
जिल्ला प्रशासन कार्यालयले काठमाडौंको माइतीघर, बानेश्वर, शंखमुल, सिंहदरबारदेखि राष्ट्रपति कार्यालयसम्म कर्फ्यु आदेश जारी गरेको छ। माइतीघर, बानेश्वर क्षेत्रको सडकमा सेनाको बाक्लो उपस्थिति छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनलाई सेनाले नियन्त्रणमा लिएको छ । यसअघि प्रदर्शनकारी संसद् भवन भित्रै प्रवेश गरेका थिए । प्रहरीले उनीहरूलाई अश्रुग्याँस प्रहार गरी बाहिर निकाले पनि प्रदर्शनकारीले संसद् भवनमा ढुंगा प्रहार गरेका थिए ।
संसद् भवनको गेटमा प्रहरी र प्रदर्शनकारीबीच पटक पटक झडप भइरहेको छ ।