काठमाडौं। जेन–जी प्रदर्शनका कारण बानेश्वर क्षेत्र अझै तनावग्रस्त छ। प्रदर्शनकारी र प्रहरीबीच झडप जारी छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघर, बानेश्वर, शंखमुल, थापागाउँ, सिंहदरबार क्षेत्रमा राती १० बजेसम्मको लागि कर्फ्यू आदेश जारी गरेको छ। कर्फ्यू आदेश पछि सडकमा सेनाको उपस्थिति देखिएको छ।
तर, कर्फ्यूकै बीच पनि युवाहरूले बानेश्वर क्षेत्रमा प्रदर्शन जारी राखेका छन्। प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरिरहेको छ।