एजेन्सी। तेस्रो ओडिआईमा आज इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई ३ सय ४२ रनले पराजित गरेको छ।
४१५ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २०.५ ओभरमै ७२ रनमा अलआउट भयो । जोफ्रा आर्चरले ९ ओभरमा १८ रन दिँदै ४ विकेट लिए भने आदिल रशिदले ३.५ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए। ब्राइडन कार्सले पनि २ विकेट हात पारे।
यसअघि ब्याटिङ गर्दै इंग्ल्याण्डले ५० ओभरमा ५ विकेट गुमाएर ४१४ रन बनाएको थियो। ज्याकब बेथलले ११०, जो रुटले १०० र कप्तान जोस बटलरले ६२ रन जोडे।
ओडिआई सिरिज दक्षिण अफ्रिकाले २-१ ले जितेको छ। दुवै टोलीबीच ३ खेलको टि ट्वान्टी सिरिज बुधबार कार्डिफमा सुरु हुँदैछ।