काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ भाद्र २०८२
अ+
अ-

काठमाडौं। बुटवल र सुर्खेतमा पनि जेन–जीको प्रदर्शन भएको छ।

बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको युवा र विद्यार्थीहरूको र्‍याली बुटवल उपमहानगरपालिकाको कार्यालय अगाडि पुगेर प्रदर्शनमा उत्रिएको थियो। हाटबजारस्थित उपमहानगरपालिका अगाडि भएको प्रदर्शन करिब २ घण्टासम्म चलेको थियो।

प्रदर्शनकारीहरूले नाराबाजी गर्दै प्रहरी र उपमहानगरपालिकाको कार्यालयतर्फ पानीका बोतल र अण्डा प्रहार गरेका थिए। निरन्तर बोतल र अण्डा प्रहार भएपछि प्रहरीले माइकिङमार्फत स्थिति नियन्त्रणमा ल्याएर संयमित कारबाही गरेको थियो।
जेन–जी समूहले सुर्खेतमा पनि विरोध प्रदर्शन गरिरहेको छ । मंगलबार बिहान सवा १२ बजेदेखि जेन–जी समूहले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सामूहिक प्रदर्शन गरिरहेको छ ।

देशमा भ्रष्टाचार निरन्तर भईरहेको अवस्थामा युवाहरुको अभिव्यक्ति संकुचन गर्नेगरि सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको बन्देजको विरुद्ध जेन–जी समूहको प्रदर्शनलाई देशव्यापी बनाउन सुर्खेतमा ¥याली निकालिएको वीरेन्द्रनगर–३ का विपीन गुरुङले बताए ।

यो समूहको प्रदर्शनलाई मर्यादित बनाउन वीरेन्द्रनगरमा पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।