काठमाडौं। जेन-जीको प्रदर्शनमा ठूलो संख्यामा प्रदर्शकारीको हताहती भएपछि मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा ६ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाइएको हो ।
काठमडाौंमा जेन जीले आयोजना गरेको प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ ।
काठमाडौंका विशेष क्षेत्रमा कफ्र्यु लगाइएको भए पनि जेन जीहरुको प्रदर्शन रोकिएको छैन ।
नयाँबानेश्वर माइतीघर सडक खण्डमा सेना सडकमा निस्किएको छ भने संसद भवनलाई सेनाले सुरक्षा दिइरहेको छ ।