काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ भाद्र २०८२
अ+
अ-

काठमाडौं – जेन-जी समूहको आन्दोलनमा प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास प्रहार गरेको छ।

सरकारले फेसबुक, ट्वीटर, ह्वाट्सएपलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोधमा उत्रिएको जेन-जी समूहमाथि नयाँ बानेश्वर प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ।

जेन-जी समूह संसद भवन छिरेर प्रदर्शन गर्न थालेपछि काठमाडौं नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू लागेको छ। कर्फ्यू आदेश जारी भए पनि ठूलो संख्यामा जेन-जी समूहले प्रदर्शन जारी राखेका छन्।

बानेश्वर क्षेत्रमा जेनजीहरुको प्रदर्शन नियन्त्रणबाहिर पुगेको छ।

संसदभवन भित्र प्रदर्शनकारीहरु प्रवेश गरेका छन्।

बानेश्वर चोकमा भएको ट्राफिक आइल्याण्ड भत्काउने प्रयास प्रदर्शनकारीहरुले गरिरहेका छन्।