काठमाडौँ । नेपाली कांग्रेसभित्रैबाट गृहमन्त्री रमेश लेखकको राजीनामा माग भएको छ।
बानेश्वर तथा देशभर जेन-जीको प्रदर्शन र प्रहरी दमनमा दर्जन बढीको मृत्यु भएपश्चात् गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएको हो। पार्टी केन्द्रीय सदस्य गोविन्द पोखरेलले सामाजिक सञ्जाल एक्समा लेख्दै मन्त्री लेखकको राजीनामा मागेका हुन्।
‘गृहमन्त्रीले तुरून्तै राजीनामा दिनुपर्यो‚’ उनले लेखेका छन्‚ ‘यदी नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनुपर्यो।’