काठमाडौं। आज २०८२ साल भदौ २३ गते सोमबार। आश्विन कृष्ण पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ८ तारिख। शिक्षा तथा साक्षरता दिवस। आजदेखि स्रोह्र श्राद्ध सुरु। प्रतिपदा श्राद्ध आजै परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। लागौं आजको राशिफल देखि:
मेष: मानसिक चित्त दुख्ने समाचार सुन्नु पर्नेछ। शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने सम्भावना बलियो छ। आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था रहनेछ। टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ। धार्मिक, शैक्षिक क्षेत्रमा लगानी गर्दा राम्रो हुनेछ।
बृष: आत्मवल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने, नया“ कार्य गर्ने अवसर मिल्नेछन्। उच्च मनोवल भएका व्यक्तिसंग सम्पर्क बढ्ने दिन रहेको छ। प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ। नया वस्तु किन्ने अवसर पनि मिल्ने देखिन्छ।
मिथुन: जे काम गर्दा पनि सफलता मिल्ने छैन। एक्कासी स्वास्थ्यले धोका दिन सक्छ। खानामा गडबडी, असुविधा, कुनै व्यक्तिसँग विवाद पर्ने, आज लाभ कम, हानी नोक्सानी ज्यादा हुनसक्ने देखिएको छ। घर परिवारबाट सहयोगको बदला हानी नोक्सानी नै ज्यादा हुने देखिन्छ। हरेक कार्यमा सतर्क हुनुपर्ने देखिन्छ।
कर्कट: राम्रो छ। स्वास्थ्य पनि राम्रै रहनेछ। धार्मिक, सामाजिक काममा लाग्दा राम्रो हुनेछ। घरमा कुनै धार्मिक कार्यक्रम गरने सम्भावना पनि त्यत्तिकै रहेको छ। मानसिक शान्ति, आरामको अनुभव हुनेछ। विद्यार्थीवर्गलाई भने आज मध्यम रहेको छ। धार्मिक पुस्तक व्यवसाय क्षेत्रमा संलग्न हुनुहुन्छ आज सफल रहेको छ।
सिंह: आम्दानीमा बढोत्तरी हुनेवाला छ। स्वास्थ्य राम्रै रहने छ। नाम चल्ने काममा लगानी गर्ने दिन छ। नँया कार्यको थालनी हुनेछ। मानसिक शान्ति, आरामको अनुभव हुनेछ। आदर–सत्कार पाइनेछ।
कन्या: समय मध्यम खालको छ। आटेका काम सबै पूरा नभए पनि निराशाको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ। आज ठूलो लगानी गर्नु उपयुक्त छैन। त्यसकारण तत्काल पेशा परिवर्तन, ठूलो लगानी, कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ।
तुला: मनमा त्रास, शंका, असन्तोष जस्तो अनुभव भै रहनेछ। उठ्नुपर्ने पैसा नउठ्ने तर खर्चमा अत्यधिक वृद्धिले पनि थप चिन्ता बढ्ने देखिन्छ। पानीबाट विशेष सतर्क हुनुहोला। नया“ काम पाउने सम्भावना रहेको छ।
वृश्चिक: आज आफन्त इष्टमित्र, दाजुभाईमा कसैबाट वैमनश्यता, शत्रूता पारिदिने सम्भावना बलियो छ। मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने। नया पेशाको थालनीका लागि पनि आज त्यति राम्रो छैन। चोटपटक लाग्ने सम्भावना पनि छ । जुनसुकै काम गर्दा सतर्क रहनु आवश्यक छ।
धनु: समय राम्रै रहनेछ। स्वास्थ्य राम्रो, धेरैजसो समय सुखमय देखिन्छ। सानै प्रयासले पनि महत्वपूर्ण काममा सफलता मिल्नेछ। पुराना काम कार्वाही सम्पादन हुनेछन्। नयाकाम पाउने सम्भावना रहेको छ। जोश, जागर बढ्नुका साथै समयले राम्रो साथ दिने देखिन्छ ।आर्थिक लाभ हासिल हुन सक्ने देखिन्छ।
मकर: आज स्वास्थ्य राम्रो रहनेछ। व्यापार व्यवसाय सोचे जस्तै हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ। आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरूको उदय हुनेछ। दाम्पत्य जीवन सुखमय, विद्या, बुद्धिको विकास हुनेछ। घरमा पारिवारिक सहयोग राम्रैसग पाइनेछ।
कुम्भ: घरमा अनावश्यक कलह मच्चिन सक्ने हुनाले सतर्क रहनु होला। आर्थिक लाभ हासिल हुन सक्ने देखिन्छ। व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, स्वास्थ्य त्यति राम्रो न रहने। कुनै अप्रिय समाचार सुन्नुपर्ने समय पनि चल्दै रहेकाले सबै प्रकारले सतर्क रहनु अति आवश्यक छ।
मीन: सरकारी काम बन्ने छैन। अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनुहोला। आफन्तले समेत परिवारमा किचलो थप्न लागिपर्ने सम्भावना छ। आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला।