काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२४ भाद्र २०८२
अ+
अ-

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर नवीन राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अपिल गरेका छन्।

सामाजिक सञ्जाल एक्स मार्फत उनले प्रम ओलीलाई तत्काल राजिनामा दिन अनुरोध गरेका हुन् । “अवाेध युवाहरूको अमुल्य जीवनको निर्मम समाप्ति असहनी भएको छ,” उनले लेखेका छन्,”जेनजी सहितको नवीन राष्ट्रिय सहमति निर्माण गरौं।”

साथै उनले सबै उच्च नेतृत्वको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग र भ्रष्टाचारका प्रत्येक मुद्दामा कठोर कानुनी कारबाही सुनिस्चित गर्नुपर्ने उल्लेख गरेका छन्।