काठमाडौँ। नेकपा एमाले स्थायी कमिटीको सदस्य बिन्द पाण्डेले सरकारलाई राजिनामा दिन माग गरेकी छिन्।
सामाजिक सञ्जाल फेसबुकमा उनले थप जीउधनको थप क्षति हुन पुर्व सरकार यथासक्य राजिनामा दिन आह्वान गरेकी हुन्।
“समयले कसैलाई कुर्दैन। नेपाली नागरिकको सार्वभौमिकताको रक्षाका लागि मुलुकको नेतृत्व पुस्तान्तरणको विकल्प रहने” पाण्डेले लेखिकी छन्, “मुलुक, व्यवस्था र नागरिकको जीउधनको थप क्षति हुन पूर्व सरकार यथासक्य छिटो राजिनामा देउ।”
उनले सचेत नागरिक थप क्षतीबाट जोगिदै /जोगाउँदै जिम्मेवारीपूर्वक खबरदारी जारी राख्न आह्वान गरेकी छिन्। यसअघि केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेकी थिइन्।