काठमाडौं। आन्दोलनका नाममा लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद भएको छ।
काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट उक्त रकम बरामद भएको सुरक्षा निकायले बताएको छ।
त्यसैगरी, काठमाडौँको विभिन्न स्थानबाट २३ थान र पोखराबाट ८ थान हतियार र त्यसका म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको नेपाली सेनाले बताएको छ।

नेपाल प्रहरीका २३ जना घाइते र तीन जना अन्य व्यक्तिको सैनिक अस्पतालमा उपचार भइरहेको नेपाली सेनाले बताएको छ।