काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२५ भाद्र २०८२
अ+
अ-


काठमाडौं। जेन-जी आन्दोलनका क्रममा चोरी, लुटपाटमा संलग्न २७ जनालाई सेनाले नियन्त्रणमा लिएको छ।

मंगलबार राति १० बजेदेखि सुरक्षा कमाण्ड सम्हालेको सेनाले राजधानीका विभिन्न स्थानबाट त्यस्ता घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइरहेको छ।

“अवाञ्छित गतिविधि नियन्त्रणमा सेनाले काम गरिरहेको छ, पक्राउ गर्ने क्रम जारी छ,” सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने।

लुटपाट, आगजनी र तोडफोडका घटना सामान्यीकरण गर्न सबै सुरक्षा निकाय परिचालित छन्। बस्नेतका अनुसार सेनाको नेतृत्वको सुरक्षाकर्मी टोलीले स्थिति नियन्त्रणमा लिने क्रम जारी राखेको छ।

“अहिले निषेधाज्ञा-कर्फ्यूको अवस्था छ, अत्यावश्यक सेवाबाहेक अन्य काममा ननिस्कन जनतालाई हामीले अनुरोध गरेका छौं,” बस्नेतले भने।

जेन-जी आन्दोलन काबुबाहिर गएपछि देशव्यापी विधंश भएको छ। सिंदरबारलगायत मुलुकका प्रमुख प्रशासनिक केन्द्र, व्यापारिक महल, राजनीतिक दलका नेताका घर जलाइएका छन्। सर्वोच्च अदालत, प्रतिनिधिसभा, प्रदेश सभा जलाइएका छन्।