काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

२५ भाद्र २०८२
अ+
अ-

काठमाडौं – नेपाली सेनाले बुधबार साँझ ५ बजेसम्म कर्फ्यू/निषेधाज्ञा दुबै आदेश जारी गरेको छ। सेनाले बिहीबार बिहान ६ देखि बेलुका ६ बजेसम्म कर्फ्यू/निषेधाज्ञा जारी रहने जनाएको छ।

जंगी अड्डाले बुधबार बिहान सूचना जारी गर्दै कर्फ्यू पालनामा सहयोग गर्न देशबासीलाई अनुरोध गरेको छ।

आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्तिलक्षित आक्रमणलाई दण्डनीय अपराधका रूपमा लिई कडा कारबाही गरिने सेनाले छ।

आन्दोलनपछिको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधान गर्न सम्बद्ध पक्षसँग समन्वय भइरहेको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए।