काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२५ भाद्र २०८२
अ+
अ-

नेपालगञ्ज। नौवस्तास्थित बाल सुधारगृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।

नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार बालबिज्याईकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरुको मृत्यु भएको हो। कारागारमा रहेका ५८५ मध्ये १४९ जना र बालसुधार गृहबाट ७६ जना भागेको उल्लेख गर्दै बालबिज्याईकर्ता र थुनुवालाई एकै ठाउँमा राखेका कारण यो अवस्था सृजना भएको होे।

झडपमा घाइते भएकाहरुलाई नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो। ती घाइतेमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको हो। अन्य घाइतेको जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।