काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२५ भाद्र २०८२
अ+
अ-

काठमाडौं। विभिन्न स्थानबाट मंगलबार लुटिएका सामग्री संकलन गरेर काठमाडौं महानगरपालिका वडा नम्बर ५ हाँडीगाउँका स्थानीयले सम्बन्धित कम्पनीहरूलाई फिर्ता गर्ने भएका छन्।

वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिले लुटिएका सामग्रीहरू बिहानैदेखि संकलन गरिएको बताए। “हामीले प्रत्येक घरमा चेकजाँच गरेर सामग्री संकलन गरिरहेका छौं,” प्रजापतिले भने, “कर्फ्यु लागेपछि हामीले गल्लीगल्लीमा गएर संकलन गर्ने कार्य भइरहेको छ।”

प्रजापतिले भाटभटेनी र अन्य केही सो रूमबाट त्यस्ता सामग्रीहरू लुटेर ल्याइएको बताएका छन्। उनले मंगलबारजस्तो घटना हुन नदिनका लागि वडाले टोलमा समूह पनि गठन थालेको बताए।