काठमाडौं। डिल्ली बजार कारागारमा रहेका कैदी बन्दीलाई केन्द्रिय कारागार सुन्धारामा सारिएको छ।
आज बिहानैबाट डिल्ली बजार कारागारमा कैदीबन्दीहरुले आगजनी गरेपछि उनीहरुलाई केन्द्रीय कारागारमा सारिएको हो।
अहिलेसम्म ५५ जना कैदीबन्दीहरूलाई सुन्धारा पुर्याइएको प्रहरीका अधिकारीहरुले बताएका छन्। अरुलाई पनि पालैसँग सार्ने काम भइरहेको छ। कैदीहरुले कारागारको ढोका फोडेर आगजनी गरेका थिए।