काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२६ भाद्र २०८२
अ+
अ-

काठमाडौं। जेनजी आन्दोलनपश्चात उत्पन्न परिस्थितिका कारण देशभरका मल्टिप्लेक्स सिनेमा हलहरू अनिश्चितकालका लागि बन्द भएका छन्।

देशकै ठूलो चेन क्युएफएक्ससहित आईएनआई, विग मुभिज, वान सिनेमाज लगायतले बिहीबार संयुक्त रूपमा सूचना जारी गर्दै अर्को सूचना नभएसम्म हल सञ्चालन नगर्ने निर्णय गरेको जनाएका छन्।

सूचनामा दर्शकलाई असुविधा भएकोमा माफी माग्दै सुरक्षित रहन आग्रह गरिएको छ। साथै, खरिद गरिएका टिकट हल पुनः सञ्चालन भएलगत्तै पूर्ण रूपमा फिर्ता गरिने जानकारी दिइएको छ।

मंगलबारदेखि नै धेरैजसो हल बन्द रहेका थिए भने बिहीबारदेखि सबै मल्टिप्लेक्सले आधिकारिक रूपमा अनिश्चितकालीन बन्दको घोषणा गरेका हुन्।