काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षण र शान्ति सुव्यवस्था कसरी कामय गर्ने सकिन्छ भनेर विमर्शमा रहेको बनाएका छन्।
बिहीबार राष्ट्रपति पौडेलले अपिल प्रकाशित गर्दै संवैधानिक दायरामा रहेर कसरी निकास निकाल्न सकिन्छ भनेर प्रयासरत रहेको बताएका हुन्।
मंगलबार आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेका राष्ट्रपतिले आज आन्दोलनरत नागरिकहरूको माग सम्बोधन गर्न छिटोभन्दा छिटो निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन्।
