काठमाडौं। एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा बुधबार टस जितेर पहिले ब्याटिङ गरेको युएईलाई ५७ रनमा समेटेको भारतले ५८ रनको लक्ष्य ४.३ ओभरमा ६० रन बनाउँदै पूरा गरेको हो।
भारतविरुद्ध युएईका ओपनर अलिशान सराफुले १७ बलमा २२ रन जोडे । कप्तान मोहम्मद वासिमले २२ बलमा १९ रनको योगदान दिएपनि सम्पूर्ण टिम १३.१ ओभरमै ५७ रनमा समेटिएको थियो।
भारतका लागि कूलदीप यादवले ४ विकेट लिए भने शिवम दुबेले ३ विकेट हात पार्दा अरुण चक्रवर्ती, अक्षर पटेल र जसप्रीत बुमराहले समान १/१ विकेट लिए।