काठमाडौं। बिमा प्राधिकरणले प्रदर्शनका क्रममा भएका क्षतिको दाबी छिटो फर्छ्यौट गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ।
प्राधिकरणले बिहीबार जारी गरेको निर्देशनमा भनिएको छ कि भदौ २३ देखि उत्पन्न असहज परिस्थितिबाट बिमित सम्पत्तिमा भएको क्षति र त्यसबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज रूपमा फर्छ्यौट गर्न आवश्यक छ।
हालसम्म क्षति पुगेका सम्पत्तिहरूको यकिन विवरण उपलब्ध नभएको प्राधिकरणले उल्लेख गरेको छ। कति सम्पत्ति बिमा गरिएको छ र कति रकमको दाबी परेको छ भन्ने तथ्यांक पनि अझै पत्ता लागेको छैन। त्यसैले बिमा कम्पनीहरूले दाबीको विवरण छिटो पठाउने व्यवस्था गर्नुपर्ने प्राधिकरणको आग्रह छ।