काठमाडौं। जेन-जीले देशव्यापी रूपमा गरेको आन्दोलनका क्रममा आज अपराह्नसम्म ३४ जनाको ज्यान गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म देशभरिका अस्पतालमा उपचार गराइरहेका तथा ज्यान गएकाहरूको संख्या सार्वजनिक गरेको छ। मृतकहरूको पहिचानसहित विस्तृत विवरण सार्वजनिक गरेको छैन।
मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाका प्रमुख डा. भीमप्रसाद सापकोटा स्वास्थ्य मन्त्रालयको सम्पूर्ण संयन्त्र घाइतेको उपचारमै केन्द्रित भएको बताउँछन्। उनले भने, “हामी उपचारमा केन्द्रित भएका छौं। मृतकहरूका शव व्यवस्थापनमा गृह प्रशासनले समन्वय गर्ने हो।”
जेन-जी आन्दोलनका घाइतेको संख्या देशभरिमा एक हजार ५२४ पुगेको छ। घाइतेमध्ये उपचारपछि घर फर्किएकाको संख्या एक हजार १४९ छ भने भने दुई सय ९५ जना उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
आन्दोलनका क्रममा गम्भीर घाइतेमध्ये ६४ जनालाई विभिन्न अस्पतालमा थप उपचारका लागि रेफर गरिएको छ।
हेर्नुहोस् तालिका :
