काठमाडौं। नेपाल प्रहरीले विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीहरूलाई यथासिघ्र सम्बन्धित सुरक्षा निकायसँग सम्पर्क गर्न अपिल गरेको छ।
प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको सूचनामा अभियुक्त र कैदीबन्दीहरूलाई आफ्नो जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाई वा अन्य सुरक्षा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि देशभरका विभिन्न कारागारबाट कैदीबन्दीहरू फरार भएका थिए। सुरक्षाकर्मीले केहीलाई नियन्त्रणमा लिएका छन् भने केही आफैं कारागार फर्किएका छन्।