काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२६ भाद्र २०८२
अ+
अ-

काठमाडौं। आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन कृष्ण पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ११ तारिख। आज चतुर्थी श्राद्ध। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। लागौं आजको राशिफलदेखि

मेष: बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। साँझपख शुभ समाचार आउन सक्छ।

वृष: आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ। कूटनीतिक नियोगको सहयोग मिल्ला। प्रविधि मार्फत काम अघि बढ्न सक्छ।

मिथुन:जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ। सौन्दर्यतामा धन खर्च हुनेछ। मुद्दा मामिला आउन सक्छ।

कर्कट: यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ। मानसम्मान प्राप्त हुने सम्भावना छ। धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ।

सिंह: आज नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। लगनशीलताले कामहरु अगाडी बढ्नेछन्।

कन्या: आज बौद्धिकताको विकास हुने र पराक्रममा वृद्धि हुनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

तुला: आज मनमा निरासा र शरीरमा आलस्य आउला। प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ। पारिवारिक जमघट र सद्भाव हुनेछ।

वृश्चिक: आज मनमा प्रसन्नता छाउनेछ। विद्या र बुद्धिको विकास हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। शुभकार्यको चर्चापनि चल्नेछ।

धनु: आज शत्रुमाथि विजय प्राप्त हुन सक्छ। श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ। शुभकार्यको चर्चा चल्ने र योजनापनि बन्नेछ।

मकर: सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। मित्र वा आफन्तको सहयोग मिल्नेछ। यात्राबाट टाढै रहनु राम्रो।

कुम्भ: भाग्यले साथ दिए पनि मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ। प्रेमप्रसङ्गमा नरमाइलोपन आउन सक्छ।

मीन: कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।