काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ भाद्र २०८२
अ+
अ-

काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले संयुक्त वक्तव्य जारी गर्दै विधिको शासन र संविधानभित्रैबाट अहिलेको संकटको निकास दिनुपर्ने बताएका छन्।

शुक्रबार जारी वक्तव्यमा उनीहरूले भनेका छन्, ‘आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन हामी सबैलाई अपिल गर्दछौं।’

संयुक्त विज्ञप्तिमार्फत उनीहरूले राष्ट्रपतिले संवैधानिक प्रक्रियाबाटै निकास खोजिरहेको पनि उल्लेख गरेका छन्। ‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता भौगोलिक अखण्डता राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरिरहनुभएको छ’, जारी वक्तव्यमा उल्लेख गरिएको छ।