काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह अन्तरिम सरकार प्रमुखको सपथ ग्रहण कार्यक्रममा सहभागी भएनन्।
अन्तरिम सरकारको प्रमुखमा नियुक्त कार्कीको सपथ शुक्रबार राती शितल निवासमा भएको थियो।
जेन जीको आन्लोलन सकिएपछि बालेन साहले नै अन्तरिम सरकार गठन हुने र संसद विघटन हुनुपर्ने शर्त अघि सारेका थिए।
जेन जीका प्रतिनिधिहरुले सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखमा प्रस्ताव गरेपछि उनले स्वागत गरेका थिए।
जने जी आन्दोलन पछि कतिपयले बालेन साह नै अन्तरिम सरकारको प्रमुख बन्ने अनुमान गरेका थिए। तर, उनी अन्तरिम सरकार प्रमुखका लागि तयार भएनन्।
अन्तरिम सरकार गठनका लागि बालेनका कानूनी सल्लाहकार ओमप्रकाश अर्याल सबैजसो छलफलमा सहभागी भएका थिए। उनै अर्यालले सरकार गठनको वार्तामा बालेनको प्रतिनिधित्व गरेका थिए।
अन्तरिम सरकारको प्रमुख नियुक्त भएपछि सरकारको पहिलो बैठकले गरेको निर्णय अनुसार प्रतिनिधिसभाको विघटन सिफारिस हुने बताइएको छ। यससँगै बालेनले सुरुमा उठाएको माग पूरा हुने भएको छ।