काठमाडौं। प्रतिनिधिसभा विघटन भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन अनुमोदन गरेका हुन्।
सरकार गठनको सहजीकरणमा सक्रिय भूमिका निर्वाह गरेका कानुनविद् ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनको पुष्टि गरे। राष्ट्रपति पौडलले आजै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी सपथ गराएका थिए।