काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ भाद्र २०८२
अ+
अ-

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिनिधिसभा विघटन गर्ने निर्णयप्रति गम्भीर असहमति रहेको बताएको छ ।

शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको आकस्मिक भर्चुअल बैठकले हालको राजनीतिक परिस्थितिबारे विस्तृत छलफल गर्दै संसद् विघटनप्रति आपत्ति जनाएको हो।

बैठकपछि पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ ‘वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर असहमति रहेको निर्णय गरिएको छ।’