काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ भाद्र २०८२
अ+
अ-

काठमाडौं। अन्तरिम सरकारको निर्णय र सिफारिसबाट प्रतिनिधिसभा विघटन गर्ने सहमति शीतलनिवासमा जुटेको छ। आन्दोलनकारी र राष्ट्रपतिबीच संसद्‌ विघटन कसरी गर्ने भन्ने विषयमा लामो समय छलफल भएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलका सञ्चारविज्ञ किरण पोखरेलका अनुसार अन्तरिम सरकार प्रमुख सुशीला कार्कीको सपथपश्चात् बस्ने पहिलो बैठकले संसद् विघटनको सिफारिस गर्ने सहमति जुटेको हो। कार्कीको सपथ आजै ९ बजे शीतलनिवासमा हुने तय भएको छ।

यसअघि संसद् विघटनपछि मात्रै अन्तरिम सरकार प्रमुख नियुक्त हुनुपर्ने माग सुशीला कार्कीलगायतको थियो। संविधान र संसद्‌भित्रैबाट वर्तमान संकटको निकास दिने गरी राष्ट्रपति र आन्दोलनरत पक्षबीच सहमति जुटेको हो।