काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ भाद्र २०८२
अ+
अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार फर्किन तयार भएका छन्। रास्वपका प्रवक्ता मनीष झाले फेसबुकमा लामिछाने जेल फर्किने विषयमा कार्यवाहक उपसभापति डोलप्रसाद अर्यालले सरकारी अधिकारीहरूसँग कुराकानी गरेको बताएका छन्।

झाका अनुसार कार्यवाहक सभापति अर्याल र जिल्ला प्रशासन प्रमुख तथा कारागार प्रमुखसँग यस विषयमा छलफल गरेका छन्। ‘रवि लामिछाने कारागार फर्किन तयार हुनुहुन्छ। आज अपराह्न कार्यवाहक सभापतिज्यू, जिल्ला प्रशासन प्रमुख र कारागार प्रमुखबीच भेटघाट भएको छ र ‘प्रशासनले खबर गरेपश्चात आउन तयार‘ भनेर जानकारी गराइएको छ’, झाले भनेका छन्।

सहकारी ठगी प्रकरणमा थुनुवा रहेका लामिछाने जेन-जी आन्दोलनको क्रममा गत बुधबार नख्खु जेलबाट बाहिरिएका थिए। आन्दोलनकारीहरूले लामिछानेलाई बाहिर निकाले पनि कानुनी प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको आलोचना हुँदै आएको थियो।

लामिछाने जेलबाट निस्किएपछि हजारौ संख्यामा कैदीबन्दीहरू जेलबाट फरार भएका छन्। प्रशासनले उनीहरूलाई जेलमा फर्किन सूचना जारी गरेको छ।