काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ भाद्र २०८२
अ+
अ-

काठमाडौं। केन्द्रीय कारागार काठमाडौं र चितवन कारागारबाट भागेका ६ जना विदेशी कैदी रूपन्देहीमा पक्राउ परेका छन्। जेन-जी आन्दोलनपछि प्रदर्शनका क्रममा कारागार कार्यालय तोडफोड गरेर भागेका उनीहरूलाई रूपन्देहीका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए।

पक्राउ पर्ने चार जना भारतीय नागरिक छन्। भारत हरियानाका २४ वर्षीय अब्बास खान, उत्तर प्रदेशका ४८ वर्षीय अनिल गिरी, ४१ वर्षीय राजपाल सिंह र ३८ वर्षीय मोनु कश्याव रहेका छन्। उनीहरू चितवन कागाराबाट भागेका थिए।

यस्तै, लागूऔषध कोकिन कारोबारको मुद्दामा केन्द्रीय कारागारमा रहेका दुई जना तान्जानियाका नागरिक पक्राउ परेको प्रहरी उपरीक्षक क्षेत्रीले बताए। पक्राउ पर्नेमा ५३ वर्षीय रामाधानी सिम्बा र त्वालिब किपेभु पासुअई छन्।

नवलपरासी कारागारबाट भागेकी बहुविवाद मुद्दाकी ५२ वर्षीया कस्मिरा रानालाई पक्राउ गरिएको रूपन्देही प्रहरीले जनाएको छ।

यस्तै, डडेल्धुरा कारागारबाट भागेका ६१ जना कैदीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले पक्राउ गरेको छ।
२५ भदौ बिहान ८ बजे अमरगढी-५ कीर्तिपुरस्थिति कीर्तिपुर कारागारबाट ८५ जना कैदी भागेका थिए। उक्त कारागारमा १०२ जना कैदी रहेको प्रहरी निरीक्षक डम्बर विष्टले बताए।

यस्तै, प्रहरीले डोटीस्थित बाल सुधार गृहबाट भागेका दुई जनालाई पक्राउ गरेको छ।