काठमाडौँ। उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुरमा लगाएको निषेधाज्ञा र कर्फ्यू हटेको छ ।
शुक्रबार साँझ जेनजी आन्दोलनको म्यान्डेट अनुसार अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीले शपथ लिँदा उपत्यकाको स्थिति क्रमशः सामान्य बन्दै गएको थियो। शनिबार बिहानैदेखि नै काठमाडौँका सडकहरूमा जनजीवन सामान्य र चहलपहल सुरु भएको देखिएको छ।
काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयहरूले कर्फ्यू र निषेधाज्ञा हटाइएको जानकारी दिएका छन्। शनिबार बिहान काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू र निषेधाज्ञा हटाउने निर्णय गरेको हो।
जेनजी आन्दोलनपछिका दिनहरूमा नेपाली सेनाले दिउँसो निषेधाज्ञा र राति कर्फ्यू लागू गर्दै आएका थिए। तर आज बिहान ६ बजेदेखि कर्फ्यू समाप्त भएको छ, र हालसम्म अर्को सूचना जारी भएको छैन।
काठमाडौँ। जेनजी आन्दोलनका कारण जारी गरिएको निषेधाज्ञा र कर्फ्यु आज बिहानदेखि काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा हटाइएको छ।
नेपाली सेनाले भदौ २४ गतेदेखि नियमित रूपमा निषेधाज्ञा र कर्फ्युबारे सूचना सार्वजनिक गर्दै आएको थियो। तर आज भने सेनादेखि स्थानीय प्रशासनसम्म कुनै निकायले पनि नयाँ सूचना जारी नगरेकाले निषेधाज्ञा हटेको पुष्टि भएको हो।
यससँगै काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्यतर्फ फर्किन थालेको छ। यातायात, बजार र अन्य दैनिक गतिविधिहरू सञ्चालनमा आउन थालेका छन्।
जेनजी आन्दोलन तीव्र बनेपछि भदौ २३ गतेदेखि उपत्यकासहित देशका विभिन्न जिल्लामा कर्फ्यु र निषेधाज्ञा लागू गरिएको थियो। अहिले ती प्रतिबन्धहरू हटेसँगै प्रभावित क्षेत्रमा सहजता देखिन थालेको छ।