काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२८ भाद्र २०८२
अ+
अ-

काठमाडौं। मंगलबारदेखि ठप्प रहेका सार्वजनिक सवारी साधनहरू शनिबारबाट फेरि सञ्चालनमा आएका छन्।

शुक्रबार केही सवारी साधन मात्र चलेको थियो भने शनिबार बिहानदेखि काठमाडौंका सडकमा बस, माइक्रोबस र अन्य सार्वजनिक सवारीहरू बाक्लो संख्यामा देखिएका छन्।

जेनजी आन्दोलनका कारण सोमबार नयाँ बानेश्वर वरिपरिको क्षेत्र बाहेकका सडकहरूमा सवारी साधन सामान्य रूपमा चलेको थियो। तर मंगलबारदेखि उपत्यकाभर प्रदर्शन तीव्र भएपछि सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प परेको थियो।

नेपाली सेनाले लागू गरेको कर्फ्युका कारण सवारी साधन रोकिएका थिए। निषेधाज्ञा हटेसँगै जनजीवन सामान्य भएको छ र सार्वजनिक यातायात पूर्ण रूपमा पुनः सञ्चालनमा आएको छ।