साताको शट
दुई दिनको त्रासदपूर्ण जेन-जी आन्दोलनको सास्ती खेपेको सडक तेस्रो दिन बिहानसम्म सुनसान देखिन्थ्यो। यहीबीच केही युवा हात सडकमा ढले-जलेका आन्दोलनका अवशेष सम्याउन जुट्दै गरेको भेटियो।
ढोलाहिटीबाट सातदोबाटो आउँदै गर्दा सडकमा एकैपटक देखिएको दुइटा कुराले मेरो क्यामेराको ध्यान खिच्यो। आन्दोलनका क्रममा जलाइएको प्रहरी बिट उठाउँदा निस्किएको धूँवाको कालो मुस्लो र त्यसकै बगलमा बनाइएको नेपालको झण्डा। प्रहरी बिट विध्वंसको विम्ब थियो भने रातो-सेतो रंगमा चम्किएको नेपालको झण्डा नयाँ र सुखद भविष्यप्रतिको कामना।