काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२९ भाद्र २०८२
अ+
अ-

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत आज (आइतबार) दुई चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमनेसामने हुँदैछन्। यूएईमा हुने खेल राति ८ः१५ बजे सुरु हुने छ।

समूह ‘ए’ अन्तर्गत यसअघि एक–एक खेल खेलिसकेका दुबै टोलीले दुई–दुई अंक बटुलेका छन्। नेट रनरेटका आधारमा भारत समूहको शीर्ष स्थानमा रहँदा, पाकिस्तान दोस्रो स्थानमा रहेको छ।

भारतले पहिलो खेलमा आयोजक यूएईलाई ९ विकेटले पराजित गर्दै प्रतियोगिताको सशक्त सुरुवात गरेको थियो। पाकिस्तानले पनि ओमानमाथि ९३ रनको फराकिलो जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेको छ।

यस वर्षको एसिया कपमा दुई समूहमा विभाजित आठ टोलीहरू प्रतिस्पर्धामा छन्। भारत र पाकिस्तानको भिडन्त सधैं रोमाञ्चक हुने भएकाले आजको खेललाई विशेष ध्यानले हेरिएको छ। क्रिकेटप्रेमीहरूका लागि आजको खेल प्रतिष्ठा र प्रदर्शन दुवैको परीक्षा हुने अपेक्षा गरिएको छ।